Monday , 23 October 2017
Home / देश / निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

 

असोज २३ / खगेन्द्र खरेल
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको दिनदहाडै गोली हानेर हत्या भएको छ । राजधानीको व्यस्त बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो । गोली लागेर घाइते गौचनको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो । उनको घर र घटनास्थल करिब ५० मिटरको दुरीमा छ ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फ गाडीको शिशामा ढुंगा प्रहार गरी गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै गोली प्रहार गरी हत्या भएपछि बानेश्वर क्षेत्र आतंकित बनेको छ । गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि निर्माण व्यवसायी र आफन्तले गृहमन्त्रीको राजीनामा माग्दै बानेश्वरमा प्रदर्शन गरेका छन् । सिभिल अस्पताल अगाडिको सडकमा जम्मा भएकाहरुले गृहमन्त्री जनार्दन शर्माविरुद्ध नाराबाजी गरेका हुन् ।

यसैवीच नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष गौचनका हत्यारालाई पक्राउ नगरेसम्म देशभर निर्माणसम्बद्ध सबै काम रोक्ने घोषणा गरेको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *