Thursday , 19 October 2017
Home / देश / मनाङ र ताप्लेजुङमा जीप दुर्घटना १ बिदेशी सहित २ को मृत्यु,१५ घाइते ४ गम्भीर

मनाङ र ताप्लेजुङमा जीप दुर्घटना १ बिदेशी सहित २ को मृत्यु,१५ घाइते ४ गम्भीर

असोज २३ / खगेन्द्र खरेल
बेसीशहर–चामे सडक अन्र्तगत मनाङको तालबजार नजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु ११ जना घाइते भएका छन् ।

आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप मनाङको नासोङ गाँउपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको थियो । जिपमा चालकसहित १२ जना रहेको प्रहरीले जनाएको छ ।

उता तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा सोमबार बिहान दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, दुर्घटनामा परी पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४,की अनिता थापा घिमिरेको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ४ घाइते छन् । अनिलजंग थापा, होमराज घिमिरे, दिलिप घिमिरे र चालक अमिक श्रेष्ठ घाइते भएका हुन् । घाइते चारैजनाको अवस्था गम्भीर छ । घाइते सबै उर्लाबारीका हुन् । घाइते ४ जनालाई उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जीप सोमबार बिहान ८.३० बजे सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार, जीप मोड्ने क्रममा सडकबाट तल खसेको हो ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *