Tuesday , 17 October 2017
Home / देश / विजय गच्छदार आफ्नो पार्टी लोकतान्त्रिक फोरम सहित नेपाली कांग्रेसमै फर्कँदै !

विजय गच्छदार आफ्नो पार्टी लोकतान्त्रिक फोरम सहित नेपाली कांग्रेसमै फर्कँदै !

असोज २३ / खगेन्द्र खरेल
नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ । विजय कुमार गच्छदार अध्यक्ष रहेको पार्टी फोरम सोमबार अपरान्ह नेपाली कांग्रेससँग एकीकरण हुने भएको हो ।

नेपाली कांग्रेस बालुवाटार निकट स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषण गरिने छ ।आज अपरान्ह बालुवाटारमा पार्टी एक गर्ने सहमति भएको श्रोतले बताएको छ ।

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए ।

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेपाल लोकतान्त्रिक फोरामबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *