Thursday , 19 October 2017
Home / खेलकुद / एएफसी एसियन कप फुटबल:नेपाल ताजकिस्तानसँग पराजित

एएफसी एसियन कप फुटबल:नेपाल ताजकिस्तानसँग पराजित

असोज २४ / खगेन्द्र खरेल
एएफसी एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । यससँगै नेपालको छनोट यात्रा निकै कठीन भएको छ । मंगलबार भएको खेलमा घरेलु टोलीले नेपालमाथि ३-० को जित निकालेको हो ।

ताजकिस्तानले तीनै गोल पेनाल्टीमा गर्‍यो । अनन्त तामाङले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले २० औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ताजकिस्तानले अर्को पेनाल्टी पायो । अनन्तले डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा सहजै गोल गर्दै घरेलु टोलीले अग्रता दोब्बर पार्‍यो ।

८६ औं मिनेटमा ताजकिस्तानले अर्को पेनाल्टी पायो । आदित्य चौधरीको खराब ट्राकल गर्दा पाएको पेनाल्टीमा गोल गर्दै ताजकिस्तानले ३-० को जित निकाल्यो ।

समुहमा नेपाल अन्तिम स्थानमा छ । यमन,ताजकिस्तान र फिलिपिन्स क्रमस माथिल्लो तिन स्थानमा छन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *