Thursday , 19 October 2017
Home / खेलकुद / ईक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अन्तत अर्जेन्टिना विश्वकपका लागि सोझै छनोट

ईक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अन्तत अर्जेन्टिना विश्वकपका लागि सोझै छनोट

असोज २५ / खगेन्द्र खरेल
ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । खेलको पहिलो मिनेटमै ईक्वेडरका रोमारियो ईबाराले गोल गरे पनि अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई विश्वकपमा पुर्‍याएका हुन् ।

बुधबार बिहानका खेलपछि ल्याटिन अमेरिकी समूहबाट सिधै विश्वकपमा छानिने सबै ४ टोलीको टुंगो लागेको छ । यो समूहमा ब्राजिल शीर्ष स्थानमा रहँदा उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलम्बिया चौथो स्थानमा रहँदै रुस विश्वकपमा स्थान बनाउन सफल भए ।

लुइस स्वरेजको दुई गोलको मदतमा बोलिभियालाई ४–२ ले हराएको उरुग्वे दोस्रो स्थानमा रह्यो । पेरुसँग १–१ को बराबरी खेलेपछि कोलम्बियाले चौथो स्थानमा रहेर विश्वकपमा स्थान बनायो ।

पाँचौ भएको पेरुले प्ले अफ खेल्नेछ । तर, ब्राजिलसँग ३–० ले हारेपछि चिली बाहिरिएको छ । दुबैको समान २६ अंक भएपनि गोल अन्तरका आधार पेरु पाँचौं बन्यो ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *