Thursday , 19 October 2017
Home / देश / कांग्रेसको टिकट वितरण गर्ने ‘शक्तिशाली’ संसदीय समिति गठन, यी हुन् समितिका १७ सदस्य

कांग्रेसको टिकट वितरण गर्ने ‘शक्तिशाली’ संसदीय समिति गठन, यी हुन् समितिका १७ सदस्य

असोज २५ / खगेन्द्र खरेल
नेपाली कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बुधबार संसदीय समिति गठन गरेका हुन् ।

कांग्रेसको विधानअनुसार संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले पार्टी संरचनामा यो समितिलाई शक्तिशाली मानिन्छ । नेपाली कांग्रेसको विधानमा १५ सदस्यीय संसदीय समिति रहने व्यवस्था भएपनि सन्तुलन मिलाउन देउवाले विधानविपरीत १७ सदस्यीय समिति बनाएका हुन् ।

समितिमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव रहेका छन् । यस्तै, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का रहेका छन् ।

त्यसैगरी अर्जुन नरसिंह केसी, डा.रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाँण, डा.प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की रहेका जनाइएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *