Thursday , 19 October 2017
Home / देश / निर्वाचन सुनिश्चित गर्न राप्रपा सरकारमा जान सक्ने कमल थापाको भनाइ

निर्वाचन सुनिश्चित गर्न राप्रपा सरकारमा जान सक्ने कमल थापाको भनाइ

असोज २५ / खगेन्द्र खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अल्पमतमा पर्ने र चुनाव धरापमा पर्न सक्ने सम्भावनापछि त्यसलाई जोगाउन आफ्नो पार्टी सरकारमा सहभागि हुन लागेको बताएका छन् ।

एमाले र माओवादीबीचको तालमेलले निर्वाचन तालिका प्रभावित हुनसक्ने भएकाले निर्वाचन सुनिश्चितताका लागि आफ्नो पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुने बताएका हुन् ।

रिपोर्टस क्लब नेपाल रुपन्देहीले बुधबार बुटवलमा गरेको साक्षात्कारमा थापाले परिस्थितिजन्य आवश्यकता अनुसार आफ्नो पार्टी सरकारमा जाने बताएको हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले तोकिएकै मितिमा चुनाव गराउन यो सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए । आफ्नो पार्टीले चुनावलाई उच्च प्राथमिकता दिएको बताउँदै थापाले रचनात्मक रुपमा सरकारलाई सहयोग गर्नेसमेत बताए ।

थापालेे नेपालमा वामपन्थी गठवन्धनपछि एमाले र माओवादीले नेपालमा कम्युनिष्ट शासन लादने कोशिस गरेर एकता गरेको भए त्यो असम्भव रहेको दावी गरे ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *