Thursday , 19 October 2017
Home / देश / प्र.म.देउवाद्वारा सरकार विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त,माओवादी मन्त्रीहरुलाई निश्कासनको तयारी

प्र.म.देउवाद्वारा सरकार विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त,माओवादी मन्त्रीहरुलाई निश्कासनको तयारी

असोज २७ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिंदै देउवाले सरकार विस्तार गरेका हुन् । राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् । कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरुको सिफारिस बोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए । मन्त्रीहरुको शपथ समय भने नतोकिएको जनाइएको छ ।

कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्रीहरुलाई निश्कासनको तयारी गरेका छन् । माओवादीले सम्हालेका मन्त्रालय दिने भएपछि राप्रपाले दुई दिनअघि मात्रै देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *