Tuesday , 17 October 2017
Home / देश / संसदको अन्तिम बैठक आज बस्दै

संसदको अन्तिम बैठक आज बस्दै

 

असोज २७ / खगेन्द्र खरेल
संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्तिम बैठक आज बस्दैछ । वर्तमान संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म रहने भए पनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख छ ।

संविधानसभाका रूपमा २०७० माघ ७ बाट अधिवेशन सुरु भएको संसद् संविधान जारीपछि २०७२ असोज ३ पछि व्यवस्थापिकाका रूपमा मात्र कार्यरत थियो । संवैधानिक व्यवस्थाअनुसार चारवर्षे कार्यकाल माघ ७ गतेसम्म कायम भए पनि संविधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार शनिबारदेखि कार्यकाल समाप्त हुन लागेको हो ।

सङ्क्रमणकालीन व्यवस्थाको धारा २९६ (१)को प्रतिबन्धात्मक वाक्यांशले प्रतिनिधिसभाको मनोनयनपत्र दाखिला गरेको अघिल्लो दिन नै कार्यकाल समाप्त हुने व्यवस्था छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउने मिति असोज २९ गतेका लागि तोकिएको छ । समानुपातिक निर्वाचन पद्धतिको सूचीलाई उम्मेदवारी दर्ताकै रुपमा लिने भएकाले संसद्को कार्यकाल असोज २८ गते सकिने छ ।

कार्यकाल भोलिसम्म रहे पनि अन्तिम बैठक आजै बस्न लागेको हो । भोलि शनिबार परेकाले आज अन्तिम बैठक बस्ने सभामुख ओनसरी घर्तीले बताएकी छन् ।

सभामुख घर्तीले संसद्को अन्तिम बैठक आज दिउँसो ३ बजेका लागि बोलाएकी छन् । संसद्को आयु आज सकिने भए पनि बहुचर्चित चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा निर्वाचन विधेयकको हालसम्म टुंगो लाग्न सकेको छैन ।

अन्तिम दिन महत्वपूर्ण ठानिएका राष्ट्रिय सभा निर्वाचन र चिकित्सा शिक्षा विधेयकको टुंगो लगाउन प्रमुख दलबीच सहमतिको प्रयास पनि हुँदै छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *