Monday , 23 October 2017
Home / विदेश

विदेश

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो । श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली ...

बिस्तृत पढ्नुस

अहिले सम्मकै सबसे खतरनाक रियालिटी शो, हत्या-बलात्कार सम्मको छुट, स्वयंम जिम्मेदार हुनु पर्ने

असोज २२ / खगेन्द्र खरेल अहिले सम्म देखिएका विभिन्न रियालिटी शोहरुमा सानातिना घटना, लव, रोमान्स झगडा सुन्ने गरिए पनि यो आउदै गरेको रियालिटी शोमा आफ्नो निजि जिम्मेदारीमा सहभागी कलाकारले अर्को कलाकारको बलात्कार वा हत्या सम्म गर्न सक्ने छ । यसको लागि सबै सहभागी कलाकारलाई आयोजकले बकाइदा हस्ताक्षर गराएका छन् । यो शोको नाम हो गेम टु विन्टर (GAME 2 WINTER) ...

बिस्तृत पढ्नुस

अमेरिकाको लास भेगास क्यासिनोमा गोली प्रहारबाट २० मारिए, १०० बढी घाइते

असोज १६ / खगेन्द्र खरेल अमेरिकी शहर लासभेगासमा रहेको क्यासिनोमा सोमबार राति भएको गोलीबारीमा २० जना मारिएका छन् । अन्य १०० बढी जना घाइते छन् । सनसेट स्ट्रिप इलाकास्थित मन्डाले बे होटेलबाहिर भइरहेको ‘रुट-९१ हार्भेस्ट फेस्टिवल’ नामक सांगीतिक कार्यक्रममा एक युवकले अन्धाधुन्द गोली बर्साएका थिए । उक्त कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी थिए । गोलीबारी माण्डले क्यासिनो नजिक भएको ...

बिस्तृत पढ्नुस

स्पेनबाट क्याटेलोनिया अलग हुने:जनमत संग्रहमा ९० प्रतिशत मत पक्षमा

असोज १६ / खगेन्द्र खरेल क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खसेको छ । स्पेनले भने यसलाई असंवैधानिक भनेको छ । क्याटेलोनियाका शीर्ष नेता कार्लस पुजिमोन्टले दाबी गरेका छन् कि अब क्याटेलोनियालाई स्वतन्त्र देशको रुपमा अस्तित्वमा आउने अधिकार प्राप्त भएको छ । उनका अनुसार जनमत संग्रहमा प्राप्त मतलाई अब क्याटेलोनियाको संसदमा पठाइने छ । स्पेनले ...

बिस्तृत पढ्नुस

भारत मुम्बईको एक रेल्वे स्टेसनमा भागदौड हुँदा २७ को मृत्यु

असोज १३ / खगेन्द्र खरेल भारत मुम्बईको रेल्वे स्टेसनमा शुक्रबार भएको भागदौडमा २७ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान १०:३० बजे सो घटना भएको हो। घटनामा ३० जनाभन्दा बढी घाईते भएका छन्। भारी वर्षासँगै पुलको एउटा हिस्सा भासिन लागेको हल्लाका कारण यात्रुहरुमा भागदौड मच्चिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचारका ...

बिस्तृत पढ्नुस

ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद

१२असोज / खगेन्द्र खरेल भारतको अजमेरबाट रुपैडिया नाका हुँदै नेपाल भित्र्याउन लागिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा तरवार बरामद गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ । तरवार कसले र किन ...

बिस्तृत पढ्नुस

दार्जिलिङमा आन्दोलन स्थगित, बन्द फिर्ताको घोषणा

  ११ असोज / खगेन्द्र खरेल विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् । भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै ...

बिस्तृत पढ्नुस

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताउनुभयो । नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई अघि सार्दै उहाँले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया सन् ...

बिस्तृत पढ्नुस

आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत

  ५ असोज / खगेन्द्र खरेल नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्नुभयो । सोही अवसरमा उहाँ असंलग्न अन्दोलनमा सहभागी मुलुकका ९ जि ७७० मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुभयो । उक्त बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानून तथा मानव ...

बिस्तृत पढ्नुस

मेक्सिकोमा शक्तिशाली भूकम्प,२ सय भन्दा बढीको मृत्यु

  ४ असोज / खगेन्द्र खरेल मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा २ सय भन्दा बढीको मृत्यु भएको छ । ७ दशमलव १ म्याग्नेच्यूड मापन गरिएको भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् । जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । उद्धारकर्ताहरुले भग्नावशेषमा ...

बिस्तृत पढ्नुस